अर्थ मन्त्रालयले तोक्यो नगदको सीमा : १५ सय डलरसम्म मात्र राख्न पाइने


२०८२ असोज १६ बिहीबार १३:२१ बजे

काठमाडौँ : अब एक हजार ५०० अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने भएको छ। अर्थ मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै यस्तो सीमा तोकेको हो।

मन्त्रालयका अनुसार वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा पनि अधिकतम १५ सय डलर वा त्यस बराबरको मात्र नगदमा राख्न पाइनेछ । त्यसभन्दा बढी रकम बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्नेछ।

त्यस्तै, नेपाल भित्रिँदा ५ हजार डलरभन्दा बढी साथमा ल्याएको भए भन्सारमा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने छ । स्रोत खुलेको रकम भने नगदमै राख्न वा उपयोग गर्न रोक नहुने मन्त्रालयले स्पष्ट पारेको छ। स्रोत नखुलेको रकममा सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान हुने जनाइएको छ । 

अर्थमन्त्री रामेश्वर खनालको नेतृत्वमा मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च नियन्त्रणमा कडाइ गरिरहेको छ । त्यसैअनुसार, सेवा निवृत्त पूर्वपदाधिकारीलाई अतिरिक्त सुविधा रोक्ने, अनावश्यक सवारीसाधन, सुरक्षाकर्मी र सामान फिर्ता गर्ने कार्य पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७