क्यानले सार्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजविरुद्ध नखेल्नुको कारण


२०८२ असोज १५ बुधबार १८:५६ बजे

काठमाडौं : वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ।

नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।

अब ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुनेछन् । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७