डेंगी संक्रमणबाट जोगिन काठमाडौं महानगरपालिकाको आग्रह


२०८२ असोज १५ बुधबार १८:३९ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ । 

डेंगी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

महानगरपालिकाले मातहतका सबै वडा र समुदाय स्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिए । 

डेंगी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेंगीको समस्या देखिन थालेको हो । कामनपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो । यस्तै, सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेंगी सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

पानी जम्ने सडक तथा सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी लगायतका स्थानमा लामखुट्टेको वासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेंगी सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ ।   
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७