हिमालयन बायोले भन्यो : सुनियोजित र प्रायोजित टिप्पणीबाट भ्रममा नपर्नुहोला


२०८२ असोज १२ आइतबार १७:५७ बजे

काठमाडौं : हिमालयन बायो परिवारले डिजिटल मिडियामा सुनियोजित र प्रायोजित टिप्पणी भइरहेको भन्दै आपत्ती जनाएको छ । बायोले केही व्यक्तिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा गरिएको टिप्पणी भ्रमपूर्ण, आधारहिन, उत्तेजक र कपोलकल्पित भएको दाबी गरेको छ ।

विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ कपोलकल्पित र भ्रामक कथा बुनेर प्रचलित कानुन र नियम अनुसार सञ्चालनमा रहेको एउटा व्यवसायमाथि भ्रम सृजना गर्ने, लाञ्छाना लगाउने त्यही भ्रमपूर्ण कथाका आधारमा मान्छेहरुलाई उत्तेजित बनाउने र आक्रमणको शिकार बनाउने घृणित मानसिकताको साथ नियोजित योजनाको साथ सुनियोजित रुपमा टिप्पणी गरिएको हाम्रो ठहर छ ।’ 

हिमालयन बायोसँग जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हामीले कानुनले निर्धारित गरेका मापदण्ड पालना गरेर इमान र निष्ठाका साथ व्यवसाय सञ्चालन गरीरहेका छौं । पारदर्शी रुपमा राज्यलाई नियमित कर बुझाएका छौं । देशको दुरदराजमा रहेकोमा रहेका जडबुटीहरुबाट विभिन्न वस्तुहरु उत्पादन गर्दै विदेश समेत निर्यात गरेर देशको अर्थतन्त्रमा समेत योगदान गरीरहेका छौं । तर जसरी हामीमाथि आधारहिन लाञ्छना लगाईरहेको छ, यसले हामी स्तब्ध छौं ।’

हिमालयन बायोले आरोप पुष्टीको चुनौती पनि दिएको छ । भनेको छ, ‘यसरी हामीमाथि लगाइएको आरोप पुष्टी गर्न हामी सम्बन्धित पक्षलाई चुनौती दिन चहान्छौं । अन्याथा कानुनी उपचारमा जानेछौं ।’ 

यस प्रकारका भ्रमपूर्ण, घृणापूर्ण र प्रायोजित टिप्पणीहरु हाम्रो देशको समृद्धि, सामाजिक सद्भाव र  सांस्कृतिक मूल्य–मान्यता विपरित समेत रहेको बायोको भनाई छ । भनेको छ, ‘सप्रकारको प्रवृत्ति सभ्य समाजका बाधक हुन् ।  यस्ता पात्र र प्रवृत्तिहरु प्रोत्साहित भएमा समाजमा निम्तिने बिडम्बनापूर्ण अवस्थाप्रति सचेत हुन अनुरोध गर्दछौं । यस्ता कपोलकल्पित टिप्पणीहरुबाट भ्रममा नपर्न हामीलाई माया गर्ने ग्राहक र जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’ 

विज्ञप्तिको पूर्ण पाठ : 


प्रिय शुभेच्छुक ग्राहक र जनसमुदायहरु,

हामीलाई थाहा छ, ‘आज देश इतिहासको सबैभन्दा कठिन मोडमा छ ।’अनिश्चय, निराशा र आक्रोशहरु छन् । भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलन र भदौ २४ गते गरिएको विध्वंसले हाम्रो सबै खालका संरचनाहरु नराम्ररी प्रभावित भएका छन् ।  सबैभन्दा पहिले आन्दोलनमा ज्यान गुमाउनु हुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । शोकको पीडादायी घडीमा रहनु भएका सबैपरिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौं । 
आन्दोलनको राजनीतिक, सामाजिक, सांस्कृतिक असर र परिर्वतन बारेमा सम्बन्धित क्षेत्रले आफ्नो समिक्षा गरीरहनु भएको छ । हामी आर्थिक क्षेत्रको सदस्यको हिसाबले नेपालको आर्थिक क्षेत्रमा परेको गहिरो र पीडादायी असरको बारेमा हामी जानकार छौं । एकातिर आर्थिक क्षेत्रले व्यहोरेको क्षति छदैंछ । अर्कोतर्फ धमिलो पानीमा माछा मार्नेगरी उत्तेजक, भ्रमपूर्ण, कपोलकल्पित र प्रायोजित अभिव्यक्तिहरु दिने क्रम पनि सुरु भएको छ ।

यही क्रममा लामो समयदेखि नेपालको प्रचलित ऐन, कानुन र नियम अनुसार सञ्चालनमा रहेको ‘हिमालयन बायो’को बिषयमा केही व्यक्तिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा गरिएको भ्रमपूर्ण, आधारहिन, उत्तेजक र कपोलकल्पित टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कपोलकल्पित र भ्रामक कथा बुनेर प्रचलित कानुन र नियम अनुसार सञ्चालनमा रहेको एउटा व्यवसायमाथि भ्रम सृजना गर्ने, लाञ्छाना लगाउने त्यही भ्रमपूर्ण कथाका आधारमा मान्छेहरुलाई उत्तेजित बनाउने र आक्रमणको शिकार बनाउने घृणित मानसिकताको साथ नियोजित योजनाको साथ सुनियोजित रुपमा टिप्पणी गरिएको हाम्रो ठहर छ । अब कुनै अवस्था सृजना भएमा यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने तथ्यप्रति सम्बन्धित पक्षलाई सचेत गराउन चहान्छौं ।

हामीले कानुनले निर्धारित गरेका मापदण्ड पालना गरेर इमान र निष्ठाका साथ व्यवसाय सञ्चालन गरीरहेका छौं । पारदर्शी रुपमा राज्यलाई नियमित कर बुझाएका छौं । देशको दुरदराजमा रहेकोमा रहेका जडबुटीहरुबाट विभिन्न वस्तुहरु उत्पादन गर्दै विदेश समेत निर्यात गरेर देशको अर्थतन्त्रमा समेत योगदान गरीरहेका छौं । तर जसरी हामीमाथि आधारहिन लाञ्छना लगाईरहेको छ, यसले हामी स्तब्ध छौं । यसरी हामीमाथि लगाइएको आरोप पुष्टी गर्न हामी सम्बन्धित पक्षलाई चुनौती दिन चहान्छौं । अन्याथा कानुनी उपचारमा जानेछौं । 

हामी भन्न चहान्छौं, ‘यस्ता भ्रमपूर्ण र आधारहिन आरोपबाट हामी कति पनि बिचलित हुनेछैनौं । देश र समाजप्रतिको हाम्रो गहिरो इमानदारिता कहिल्यै कमजोर हुनेछैन । देशभित्रै रहेका कच्चा पदार्थहरुको उच्चतम् प्रयोग गरेर वस्तुहरुको उत्पादन गरी देशको समृद्धिमा सानो भएपनि सहयोग गर्ने हाम्रो प्रतिबद्धतामा यसले असर गर्नेछैन । तर आरोपहरु  हामी आम शुभेच्छुक र सचेत जनसमुदायलाई भन्न चहान्छौं, ‘यस प्रकारका भ्रमपूर्ण, घृणापूर्ण र प्रायोजित टिप्पणीहरु हाम्रो देशको समृद्धि, सामाजिक सद्भाव र हामीले आजसम्म बचाएर ल्याएको हाम्रो सांस्कृतिक मूल्य–मान्यता विपरित समेत छन् । यसप्रकारको प्रवृत्ति सभ्य समाजका बाधक हुन् ।  यस्ता पात्र र प्रवृत्तिहरु प्रोत्साहित भएमा समाजमा निम्तिने बिडम्बनापूर्ण अवस्थाप्रति सचेत हुन अनुरोध गर्दछौं । यस्ता कपोलकल्पित टिप्पणीहरुबाट भ्रममा नपर्न हामीलाई माया गर्ने ग्राहक र जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

मिति :  १० असोज २०८२

हिमालयन बायो परिवार
बालुवाटार, काठमाडौं

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७