जेनजी प्रदर्शनमा भागेका ८ हजार कैदी बन्दी अझै फरार


२०८२ असोज ३ शुक्रबार १६:२९ बजे

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेर भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदी बन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधार गृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदी बन्दी अझै फरार रहेको विभागले बताएको छ ।

देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४ हजार ५५५ कैदी बन्दी भागेका थिए । जसमा कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए ।

ती मध्ये अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधार गृहतर्फ ३४१ गरी ६ हजार १७९ कैदी बन्दी फिर्ता आएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

२४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहतर्फ १ हजार ४२२ गरी ३० हजार ६३४ कैदी बन्दी थिए । जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदी बन्दी भने भागेका थिएनन् ।

भाग्न खोज्नेलाई नेपाली सेनाले नियन्त्रण लिने क्रममा कैदीतर्फ ५ र बाल सुधार गृहतर्फ ५ गरी १ जनाको मृत्यु समेत भएको थियो । मृत्यु हुनेमा रामेछाप कारागारका ३ जना र धादिङ कारागारका २ जना थिए । नौबस्ता बाल सुधार गृहका ५ जनाको पनि मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७