नवनियुक्त तीन मन्त्रीको शपथ आज


२०८२ भदौ ३० सोमबार ०९:४३ बजे

काठमाडौं । नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ । 

राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीहरूलाई आज बिहान ११ः३० बजे शपथ खुवाइने भएको हो । 
आइतबार ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री नियुक्त गरिएका थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढलेपछि शुक्रबार कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७