चुच्चेपाटी भाटभटेनीमा भेटिए ६ जनाको शव


२०८२ भदौ २९ आइतबार १३:३५ बजे

काठमाडौँ : चुच्चेपाटीस्थित भाटभटेनीभित्र आइतबार बिहान ६ वटा शव भेटिएका छन्।

जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भेटिएका सबै शव कंकाल भइसकेको हुँदा पहिचान हुन बाँकी छ । डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। आगजनी भएको भाटभाटेनीको भवनमा अझै खोजी जारी रहेको छ । 

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीहरुले गत भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । 

साथै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७