श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार

मकवानपुर : राक्सिराङ गाउँपालिकामा श्रीमातलाई बाँधेर श्रीमतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
राक्सिराङ गाउँपालिकाका गत शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका–१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो । उनी दुई महिनाकी सुत्केरी थिइन् ।
आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको गाउँपालिकाले जनाएको छ । प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्रमा हाल परामर्श भइरहेको छ भने प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।