आन्दोलनमा प्रहरीबाट लुटिएको २६८ थान हतियार बरामद


२०८२ भदौ २७ शुक्रबार १८:०८ बजे

काठमाडौं :  आन्दोलनमा प्रहरीबाट लुटिएको २६८ नाल हतियार बरामद भएको छ ।  भदौ २४ गते राति १० बजेदेखि हालसम्म विभिन्न स्थानबाट प्रहरीबाट प्रदर्शनकारीले लुटेका २६८ नाल हतियार बरामद भएको सेनाले जनाएको छ । 

यसैगरी सिन्धुलीका एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेनाले शुक्रबार (भदौ २७)  एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

सेनाले विज्ञप्ति मार्फत भनेको छ, ‘सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मि।मि। चाइनिज पेस्तोल नाल–१ (एक)  काठमाडौंस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई बुझाएको छ ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७