जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै छौं : योगेश भट्टराई


२०८२ भदौ २७ शुक्रबार १८:२० बजे

काठमाडौं :  नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताएका छन् ।

फेसबुक स्टाटस मार्फत् भट्टराईले दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पारेका हुन् । ‘हामी भदौ २३ र २४ गते भएका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायिक छानबिनको पक्षमा छौं’, भट्टराईले लेखेका छन् ।

तर संवैधानिक बाटो मार्फत् नै मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएको उनले उल्लेख गरेका छन् । ‘हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो’, भट्टराईले लेखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७