सुशीला कार्की शितल निवास जाँदै

काठमाडौं : आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितलनिवास जादैछिन् ।
जेनजी नेता सुदन गुरुङका अनुसार शुक्रबार दिनभर संविधानविद् ओमप्रकाश अर्याल, अधिवक्ता रमन कर्ण र राषट्रपतिका सल्लाहकार बाबुराम कुँवरबीच मात्रै वार्ता भएको थियो । अहिले पूर्वप्रधानन्यायाधीश कार्कीलाई पनि बोलाइएको शितलनिवास स्रोतले जनाएको छ ।