१८ मृतकको पहिचान हुन बाँकी


२०८२ भदौ २७ शुक्रबार १८:३७ बजे

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये अझै १८ जनाको पहिचान हुन बाँकी छ । नेपाल प्रहरीका अनुसार मृतक भनी सार्वजनिक भएकामध्ये १८ जनाको पहिचान अझै खुल्न नसकेको हो । 

आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् भने कतिपय कर्मचारी पनि मारिएका प्रहरीले जनाएको छ । 

हालसम्म प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । । ती मृतक सबै जेनजी आन्दोलनकारी नभएकाले केही हुलमुलमा परेर मारिएको प्रहरीले जनाएको छ । आगजनी भएका विभिन्न भवनमा शव भेटिने क्रम नरोकिएको हुँदा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

साथै मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार हालसम्म ९ वटा शवको पोस्टमार्टम गरिएको छ । 
हालसम्म ३ प्रहरीसहित ७ जनाको अन्त्येष्टि सकिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७