शीलतनिवासमा सहमति : आजै प्रतिनिधि सभा विघटन, सुशीला कार्कीको शपथ


२०८२ भदौ २७ शुक्रबार १९:२६ बजे

काठमाडौं : पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो ।

स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएका छन् । 

राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७