जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरूको अन्त्येष्टि

काठमाडौं : जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि गरिएको छ ।
जेनजी आन्दोलन हिंसात्मक हुँदा देशभर ५१ जनाले ज्यान गुमाएका थिए । जसमध्ये मृत्यु भएका तीन प्रहरीको शुक्रबार अन्त्येष्टि गरिएको हो ।
आन्दोलनलाई नियन्त्रण लिने प्रयास गर्दा गत मंगलबार कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए । प्रदर्शनकारीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
सोही दिन प्रहरीका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गर्दा दुवै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरु हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाए बस्दा प्रदर्शनकारीको निशानामा परेका थिए ।
प्रहरीका अनुसार सुरुमा प्रर्दशनकारीले असई रायलाई आक्रमण गरेका थिए । असई रायलाई बचाउन खोज्दा दुवै प्रहरी मारिएका थिए ।