संविधानमार्फत नै जेन–जी पुस्ताको आकांक्षा पूरा हुन्छ : पूर्वराष्ट्रपति यादव


२०८२ भदौ २७ शुक्रबार १६:३८ बजे

काठमाडौँ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र त्यसले दिएको मार्गचित्र नै यो संकट समाधान गर्ने एक मात्र उपाय भएका बताएका छन् । यही संविधानको सही कार्यान्वयनबाट ‘जेन–जी’ पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव हुने उनको भनाइ छ । 

साथै जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस्तो गतिविधिले सिंगो मुलुकलाई कम्पित र स्तब्ध तुल्याएको उल्लेख गर्दै अकालमै ज्यान गुमाउने युवाहरूको आत्माको चिरशान्तिको कामना गरेका छन् । 

उनले आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले लाखौंलाई रोजगारी दिने संरचना मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का पुराएको यस्तो प्रवृत्तिबाट देशलाई जोगाउन सबैलाई सचेत रहन आग्रहसमेत गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७