फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न नख्खु कारागारको अपील


२०८२ भदौ २७ शुक्रबार १४:३२ बजे

काठमाडौं : नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।

उक्त सूचनाअनुसार फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने ब्यहोरा उल्लेख छ । 

‘विधि,कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनमा आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्नमा सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’,कारागार प्रशासनको भनाइ छ ।

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७