आन्दोलनमा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टि


२०८२ भदौ २७ शुक्रबार १४:४१ बजे

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका मध्ये चार जनाको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।

जेनजी प्रदर्शनको क्रममा हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ३ प्रहरी, एक भारतीय महिला र ९ जना कैदीसमेत हो ।  आगजनी भएका विभिन्न भवनमा शव भेटिने क्रम नरोकिएको हुँदा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७