कम्युनिस्ट एकताको पक्षमा भूसालको अपील


२०८२ भदौ २७ शुक्रबार १६:५५ बजे

काठमाडौँ :  नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले सबै कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् । 

नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै आफूहरूलाई विभाजित गरेको भन्दै एकताका लागि उनले आग्रह गरेका हुन् । साथै कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार हुनुपर्ने पनि भुसालले बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एकताको अपील गर्दै भनेका छन्, ‘खासगरि नेकपा एमाले र नेकपा माओवादीको स्कूलिङ्बाट हुर्केका देशभित्र र बाहिर रहेका कमरेडहरु, हाम्रो आन्दोलनमा बौद्धिक तथा साँस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरु र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई आह्वान गर्न चाहान्छु : हाम्रो विचार एउटै हो ।’ सबै कम्युनिाष्टहरुले एक ठाउँमा उभिने सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिने उनको विश्वास छ । 

साथै, जेनजी आन्दोलनका क्रममा राजनीतिक पार्टीहरूको नालायकीपनको पराकाष्टालाई छर्लंग पारेको उनको भनाइ छ । 

मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग हुने ठाउँ नभएको उनको भनाइ छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७