जेलबाट भागेका एकले गरे आत्महत्या


२०८२ भदौ २७ शुक्रबार १४:५७ बजे

जेन–जी प्रदर्शनका क्रममा जेलबाट भागेका एक जनाले हामफालेर ज्यान गुमाएका छन् । उनी पुनः प्रहरी फन्दामा पर्ने डरले गेष्ट हाउसबाट हामफालेको बताइन्छ । 

आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका८३ वर्षीय नेदरल्याण्डका हेनरिकस एड्रियनस लोसफसले गेष्ट हाउसमा प्रहरी पुगेपछि हामफालेका हुन् । प्रहरीका अनुसार  जेलबाट भागेपछि उनी सुन्धाराकै सुविधा गेष्ट हाउसमा बसेका थिए । 

शनिबार बिहान प्रहरीको टोली त्यहाँ पुगेपछि हाम फाल्दा हेनरिकसको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७