गृहको नयाँ भवनबाट प्रधानमन्त्रीको कार्यालय सञ्चालन गरिँदै


२०८२ भदौ २७ शुक्रबार १३:५८ बजे

काठमाडौँ : गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुरू भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न सचिवहरुले आज सिंहदरबारमा आगलागीबाट क्षति भएका भौतिक संरचनाको अवलोकनपछि तत्कालको लागि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा राख्ने निर्णय गरेका हुन् ।

मंगलबारको विध्वंशकारी आन्दोलनको क्रममा युवाहरुले आगो लगाउँदा सिंहदरबारको ८० प्रतिशत भौतिक संरचनामा क्षति पुगेको छ । प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका भवनहरु आगोले ध्वस्त भएको पृष्ठभूमिमा राष्ट्रपति कार्यालय शीतल निवासले शनिबार बिहान नयाँ प्रधानमन्त्रीको कार्यकक्ष तयार पार्न र स्वागतका लागि तयार रहन निर्देशन दिएको थियो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै गृह मन्त्रालयको नयाँ भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सार्ने तयारी भइरहेको छ ।

साथै ध्वस्त भएका अन्य मन्त्रालयका कामहरु कहाँबाट कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल जारी नै रहेको मख्यसचिव अर्यालले बताए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७