जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो


२०८२ भदौ २७ शुक्रबार १३:०६ बजे

काठमाडौँ: भ्रष्टाचार र साामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ  । प्रहरीका अनुसार काठमाडौं उपत्यकासहित देशभरका मृतक पनि जोडिएको छ ।

देशभर प्रदर्शनको क्रममा  तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले नयाँपेज डटकमलाई बताए । 

साथै मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार हालसम्म ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ ।

हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन । विभागका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौबाट पोस्टमार्टम गर्ने र शव बुझ्ने पत्र ल्याउनुपर्ने छ । अहिले यस्तो पत्र ९ जना आफन्तले ल्याएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७