भाटभटेनीभित्र भेटियो जलेको शव


२०८२ भदौ २७ शुक्रबार १२:०९ बजे

विराटनगर । धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ।

जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो। आज बिहान आगो निभाउने क्रममा त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ।

शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ। कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन।

भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७