गायक राजेश पायल राईको चाहना सञ्चार र परराष्ट्र मन्त्रालय

काठमाडौं । गायक राजेश पायल राईले आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन आग्रह गरेका छन्।
गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन जेनजी प्रतिनिधिहरूसँग आग्रह गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला राईले फेसबुकमार्फत् भनेका छन्, ‘जेन–जेड भाइहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन, किनकि म सञ्चार र पर्यटन सम्हाल्न सक्छु ।’