माओवादी केन्द्रको निष्कर्ष : सरकारले नरसंहार मच्चायो


२०८२ भदौ २४ मंगलबार ००:५९ बजे

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) ले सरकारले सोमबार जनजी प्रदर्शनमा नरसंहार मच्चाएको निष्कर्ष निकालेको छ । उसले मंगलबार साँझ सबै पालिकाहरुमा सोमबारको जेनजी प्रदर्शनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आकस्मिक बसेको पदाधिकारी बैठकले घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

‘सरकारले इतिहासकै क्रूर नरसंहार सरकारले गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय बैठकले गरेको छ। जेनजी पुस्ताको जायज मागप्रति हाम्रो ऐक्यबद्धता छ’, बैठकको निर्णय सुनाउँदै उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७