काठमाडौं उपत्यकाको प्रहरी प्रमुखमा एआईजी कार्की

काठमाडौं । सरकारले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख परिवर्तन गरेको छ ।
एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए ।
सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जना युवाको मृत्यु भएको थियो ।
घटनापछि गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए ।