विपक्षी दलको निष्कर्ष : प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
मंगलबार बसेको विपक्षी दलको बैठकले ‘सरकारले नागरिकमाथि बर्बर दमन गरेको ’ निष्कर्ष भन्दै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठक बोलाएका थिए।
माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए।