सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

काठमाडौं : ललितपुरको सुनाकोठीस्थित सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको हो ।
सोमबार दिउँसो बानेश्वरमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाको मृत्यु भएको थियो। यसरी ठूलो संख्यामा मानिसको मृत्यु भएपछि प्रदर्शन देशभर चर्किएको छ।