‘जेन-जी’को प्रदर्शनमा बर्बर सरकारी दमन
१९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौं : समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।
यसैगरी आन्दोलनबाट १०७ जना पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालका अनुसार पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।