मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने : सामाजिक सञ्जाल यतिकै खोल्न सकिदैंन


२०८२ भदौ २३ सोमबार २२:४९ बजे

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा फेसबुकलगायत सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन नसकिने बताएका छन्।  समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा  सोमबार १९ जनाको मृत्यु भएको छ ।  तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने बताएका छन् ।

मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

बैठकबाटै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर मन्त्रिपरिषद् बैठक राखेर सामाजिक सञ्जाल तत्काल खोल्न आग्रह गरेका थिए। सोमबार साढे ७ बजे मन्त्रिपरिषद् बैठक बस्यो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पार्टी निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिएका थिए । ‘जे क्षति भयो, त्यो क्षति अनुसार आजको मन्त्रिपरिषद् बैठक बस्दै गर्दा आन्दोलनकारीको मागबारे केही न केही सम्बोधन गर्नुपर्छ’ पौडेलको भनेका थिए ‘त्यो सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल दर्ता कुटनैतिक ढंगले पहल गर्दै जाने र तत्काललाई खोल्ने निर्णय गर्नुपर्छ ।’

तर, प्रधानन्त्री ओलीले सामाजिक सञ्जाल खोल्न नसकिने बताए। ओलीले बैठकमा भनेका थिए, ‘सिंगो कम्पनी पछि झुक्छ भन्ने नै मेरो बुझाइ थियो तर, नेपालीहरूले अलि अडान दिएर कम्पनीसँग हामी झुक्दैनौँ भनिदिएको भए ऊ झुक्थ्यो, मेरो अरु कुनै स्वार्थ होइन, केही होइन, स्वाभिमानमा आँच आउने गरी उसले जसरी हेप्यो, त्यो कारणले बन्द गर्नुपरेको हो ।’ 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७