प्रधानमन्त्री र मन्त्रीबीच भनाभन


२०८२ भदौ २३ सोमबार २१:४७ बजे

काठमाडौँ : सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच नोकजोक चलेको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकमा उनीहरूबीच भनाभन भएको हो । स्वास्थ्यमन्त्री पौडेलले सामाजिक सञ्जाल फुकुवा गर्नुपर्ने विषय उठान गरेपछि प्रधनमन्त्री ओलीले हामी उनीहरूसँग झुक्ने भन्दै प्रश्न गरेका थिए ।

बैठकमा मन्त्री पौडेलले सार्वजनिक सरोकारको विषय टुग्याउन माग गर्दा प्रधानमन्त्री ओली टसमस नभएपछि २ जनाबीच भनाभन भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

 

उनीहरूबीच लामै विवाद भएपछि अन्तिममा ‘सामाजिक सञ्जाल सञ्चालनको विषयमा सकारात्मक ढंगले प्रयास गर्ने’ निर्णय भएको बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७