अझै टसमस भएनन् प्रधानमन्त्री ओली

काठमाडौं : सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ ले गरेको सडक प्रर्दशनमा भएको प्रहरी दमनबाट १९ जनाको मृत्यु भएको छ । देशका प्रमुख शहरहरु तनावग्रस्त बनेको छ ।
तनाव बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजैरातिदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओली भने आफ्नो अडानमा टसमस भएनन् ।
मन्त्रीपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्धको फुकुवा पहिले गरेर अन्य विषयमा छलफल र सहमति खोज्ने काम गर्न अनुरोध गरेका थिए । पौडेलले जेनजीको सरोकारको कुरा सुन्न आग्रह गरेका थिए । तर ओलीले उनीहरू (सामाजिक सञ्जाल) सँग नझुक्ने भन्दै सडक प्रर्दशनमा घुसपैठ भएको दाबी गरेका थिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा सामाजिक सञ्जाल खोल्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली टमसम नभएपछि प्रधानमन्त्री ओलीसँग कुरा गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।