जेन-जीको आन्दोलनपछि जनार्दनले भने : ४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गरौँ

आन्दोलनकारीलाई संयमित हुनसमेत आग्रह


२०८२ भदौ २३ सोमबार १६:५३ बजे

काठमाडौँ : जेन-जीको आन्दोलनमा सरकारले दमन गरेको भन्दै नकेपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर'ले निन्दा गरेका छन् ।

जेन–जी पुस्ताको आन्दोलनलाई सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउनको सट्टा सरकारले दमन गरेको भन्दै उनले आपत्ति जनाउदै गम्भिरताका साथ माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै २०४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न पनि उनले माग गरेका छन् ।

साथै उनले आन्दोलनकारीहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न अपिल समेत गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७