माओवादीको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु


२०८२ भदौ २१ शनिबार १५:५९ बजे

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान फेरि सुरु गरेको छ ।

अभियानको सुरुवातका लागि पार्टी अध्यक्ष प्रचण्ड कास्कीको रुपा गाउँपालिका–१ स्थित शहीद पार्क पुगिसकेको प्रचण्ड सचिवालयले जनाएको छ।

माओवादीले गत जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु गरेको थियो । तर वर्षा सुरु भएपछि अभियान स्थगित गरिएको थियो । स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ देखि फेरि अभियान अघि बढाउने निर्णय गरेको हो ।

कार्यक्रमअनुसार शनिबारदेखि सुरु भएको अभियान भदौ २२ गते लमजुङ, २३ गते गोरखा, २४ गते धादिङ र २५ गते नुवाकोटमा सम्पन्न हुने र त्यसपछि टोली काठमाडौं फर्किने माओवादीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७