प्रधानमन्त्री ओलीलाई बालेनने गरेनन् स्वागत


२०८२ भदौ २१ शनिबार १७:४३ बजे

काठमाडौँ : इन्द्रजात्रामा राष्ट्रप्रमुख र सरकार प्रमुखलाई महानगरले स्वागत गर्ने परम्परालाई यस वर्ष महानगरपालिकाका मेयर बालेन शाहले निरन्तरता दिएका छन् । तर रोचक के देखियो भनेर मेयरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरेनन् । 

काठमाडौं महानगरपालिकाका मेयर शाहले इन्द्रजात्रामा सरिक हुन बसन्तपुर पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका छन् । 

प्रधानमन्त्री ओलीसँगको मनमुटावका कारण मेयर शाह स्वागतमा अनुपस्थित भएको देखिन्छ । आयोजकका हिसाबले काठमाडौं महानगरका मेयर र उपमेयरले विशिष्ट व्यक्तिहरूको स्वागत गर्ने गर्दछन् । तर, शनिबार मेयर राष्ट्रपति पौडेललाई स्वागत गरेर उनीसँगै मञ्चतर्फ अघि बढेका थिए ।

पछिल्लो वर्ष  काठमाडौँ महानगरका मेयर शाह र प्रधानमन्त्रीबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलिरहेको छ । बालेनले सामाजिक सञ्जाल प्रयोग गरेर केपी ओलीलाई आरोफ लगाउँदा प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमको मञ्च प्रयोग गर्ने गरेका छन् । 

प्रधानमन्त्री ओलीले बालेनलाई विभिन्न मञ्चमा ‘केटाकेटी’  ‘मनपरी गर्ने केटो’ जस्ता उपनाम दिएका छन् भने बालेनले एकै महिनामा ओलीको विरोध गर्दै दर्जनौ फेसबुक स्टाटस हाल्नेसम्मका 'वार' जारी नै छ । स्थानीय तहको चुनावदेखिनै सुरु भएको त्यसप्रकारको 'वार' गत वर्षको भदौंतिर निकै 'स्पिड'मा थियो । उनीहरूबीचको आरोप प्रत्यारोपको श्रृंखलामा केही कमी देखिए पनि मेयर बालेनले इन्द्रजात्रामा ओलीलाई स्वागत भने गर्न सकेनन् ।

इन्द्रजात्रामा सहभागी हुन राष्रपति र प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरू बसन्तपुर पुगेका छन् ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, प्रहरी महानिरीक्षक कुबेरचन्द्र खापुङलगायत विशिष्ठ व्यक्तिहरू पुगेका छन्। 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौँ उपत्यस्थित वसन्तपुरमा विशेष उत्साहका साथ मनाइन्छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७