राष्ट्रसेवक कर्मचारीलाई भण्डारीको आग्रह : सेवा प्रवाहमा कमी हुन नदिनुहोस्


२०८२ भदौ २१ शनिबार १८:३२ बजे

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीलाई आफ्नो सेवा कार्यमा कुनै पनि कमजोरी नदेखाउन सचेत रहन आग्रह गरेकी छन्।

निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले राष्ट्रको सेवा प्रवाहमा समर्पित भएको हुनाले आफ्नो सेवामा कमी हुन नदिने कुरालाई ध्यानु दिनुपर्ने बताएकी हुन् ।

‘निजामती क्षेत्र राज्यको महत्वपूर्ण अंग हो । खास गरेर सेवा प्रवाहको क्षेत्रमा राष्ट्रको यो पिलर हो’ उनले भनिन्, ‘उनीहरूको सो भूमिका निर्वाह गरिरहेका पनि छन् ।’

भण्डारीले सरकारले अनुगमन र मूल्यांकनको प्रक्रिया कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता पनि औंल्याइन्। उनले राष्ट्रसेवक कर्मचारीहरूको योगदानलाई अवमूल्यन नगर्न पनि सबैलाई आग्रह गरिन्।

सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने भएकाले राष्ट्रसेवक कर्मचारीहरुको निगरानी राज्यले कडाइका साथ गर्नुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो ।

‘तपाईंले सरसफाइको लागि हरेक दिन नुहाउनुपर्छ । अनुगमनहरु हुनुपर्छ । कामको मूल्यांकन हुनुपर्छ । त्यसलाई मुख्य प्रवृत्तिको रुपमा लिनु हुँदैन’ उनले भनिन्, ‘तर हामी राष्ट्र सेवामा समर्पित भएको हुनाले थोरै पनि कमजोरी नहोस भनेर निजामती क्षेत्रले सोच्नु राम्रो कुरा हो । सुशासननै मुख्य कुरा हो । यसमा ध्यान दिनुपर्दछ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७