अब काठमाडौंमा खोक्दा वा फ्लस गर्दा पनि सचेत रहनुपर्ने

काठमाडौँ : काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले राजधानीबासीलाई सामान्य मानिने दैनिक क्रियाकलापमा समेत ध्यान दिन आग्रह गरेको छ।
'शान्त तथा अवरोधमुक्त छिमेकी अभियान' अन्तर्गत प्रहरी कार्यालयले अब शौचालयको फ्लस, अनावश्यक खोकाई, खकार फाल्ने, गेट खोल्दा आउने आवाज, र सवारी स्टार्ट गर्दा हुने ध्वनि जस्ता गतिविधिमा सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रहरीले जारी गरेको उर्दीमा भनिएको छ, “ध्वनि प्रदूषणले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा लगायत संवेदनशील वर्गमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिमा कमी ल्याउन आवश्यक छ।”
प्रहरीले यस्ता ध्वनिप्रदूषणका घटनामा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित निकायमार्फत ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनीसमेत दिएको छ।