इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न सांसद सुहाङ नेम्वाङको माग


२०८२ भदौ १८ बुधबार १७:०२ बजे

काठमाडौं :  नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय रहेको उनले बताए । 

नेम्वाङले भने,   ‘सरकारले एम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ, तर वर्तमान परिस्थितिमा यसले जनतालाई थप सास्ती मात्र बढाएको छ ।  सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ, गाडी किन्न साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा । 

गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर प्लेटको उद्देश्यबारे जनताको तहबाट प्रश्नहरू उठेका नेम्वाङको भनाई छ । 

यस्ता प्रश्नहरू जनताको तहबाट उठेको उनले जानकारी गराए । ‘यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्, इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामी सँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ?,’ उनले भने, ‘जब हजारौँ नागरिकले वर्षौँ कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा एम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?’

उनले आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएको बताए । भने, आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएका छन् ।  त्यसैले, मेरो विनम्र आग्रह छ, सरकारले तत्काल एम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७