बाँदरेमोडमा पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध


२०८२ भदौ १४ शनिबार ०८:१५ बजे

धादिङ । सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ ।  आज (शनिबार) बिहान पौने ७ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडमा सुख्खा पहिरो खसेर राजमार्ग अवरूद्ध भएको हो ।

पहिरो खसेपछि बाटो दुइतर्फी नै अवरूद्ध भएको हो । बाटो अवरूद्ध भएपछि सवारी साधनहरू रोकिएका छन् । पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरो पन्छाएर सडक खुलाउन इलाका प्रहरी पोस्ट (जवाङखोला) बाट प्रहरी हवल्दार पदमबहादुर आलेको, प्रहरी चौकी (जोगीमाराण का प्रहरी नायब निरीक्षक तेजबहादुर खरेलको र इलाका प्रहरी कार्यालय (गजुरी) का प्रहरी नायब उपरीक्षक विकास थापाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो हटाउन जेसीभी प्रयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७