पद्यम ज्योति ग्रुपले दियो बाढीपहिरो प्रभावितका लागि १ करोड


२०८३ भदौ १२ शुक्रबार १८:२७ बजे

काठमाडौं : हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्यम ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ। नेपालका लागि होन्डाको आधिकारिक प्रतिनिधिका रूपमा काम गर्दै आएको स्याकार ट्रेडिङले विपद्को कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ।

कम्पनीले भनेको छ, “यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं। राहत तथा पुनःस्थापनाको काममा सकारात्मक योगदान पुर्‍याउनु कम्पनीको उद्देश्य हो।” विपत्तिपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ।

प्रभावित समुदायको सामान्य जनजीवन पुनःस्थापनाका लागि सामूहिक प्रयास महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कम्पनीले विपद्को समयमा निजी क्षेत्रसहित सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७