रास्वपा नेता पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति


२०८२ भदौ १२ बिहीबार १४:५० बजे

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाँडेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको एसपी अवस्थीले बताए ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुव्र्यवहार गरेको ‍आरोप छ । ती महिलाले उजुरी दिएपछि बुधबार प्रहरीले पाँडेलाई ब्यूरोमा बोलाएको थियो । त्यहीबेला उनलाई प्रहरीले हिरासतमा राखेको थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७