कांग्रेसले मन्त्रीहरू फेरबदल नगर्ने


२०८२ भदौ ९ सोमबार २०:५७ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले सरकारमा गएका मन्त्रीहरू हेरफेर नगर्ने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहे पनि कांग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने भएको हो ।

आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। ‘आजको बैठकमा मन्त्री फेरबदलको कुनै छलफल भएन । जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ । प्रधानमन्त्रीले कुरा गर्नु स्वभाविक हो । तर पार्टीभित्र मन्त्री फेरफेरको चर्चा छैन’, उनले भने ।

अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन् । प्रधानमन्त्रीलाई जसपा र लोसपाले मन्त्री बदल्न दबाब दिइरहेका छन् । जसपाबाट खानेपानीमन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर सुडी छन् ।

उनीहरूलाई फिर्ता बोलाएर वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउन जसपाले प्रधानमन्त्रीलाई नाम दिइसकेको छ । लोसपाले पनि पार्टीबाट श्रममन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ । प्रधानमन्त्री ओलीले कांग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए पार्टीबाट केही मन्त्रीहरू हेरफेर गर्न चाहेका थिए । तर, कांग्रेसले मन्त्री हेरफेर नगर्ने अडान लिएपछि प्रधानमन्त्रीलाई सकस परेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७