उमागौरी सहकारी ठगी : ऋषिकेश पत्नी अञ्जलालाई धरौटी लिने जिल्लाको आदेश उल्टियो

चार जनासँग जनही एक–एक करोड धरौटी माग


२०८२ भदौ ५ बिहीबार २०:५८ बजे

विराटनगर । मोरङको उमागौरी सहकारी संस्थामा भएको २२ करोड बढी ठगी प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालतको  आदेशलाई उल्ट्याएको छ ।

उच्च अदालतले यस प्रकरणमा मुछिएकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित चार जनालाई जनही एक करोड धरौटी तोकेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार यस्तो आदेश गरेको हो ।  अञ्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटाको हकमा उच्च अदालतले  १÷१ करोड रूपैयाँ धरौटी माग गरेको उच्च अदालतका रजिस्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए । 

यसअघि जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । 

जिल्लाको सोही आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो । 

जिल्लाले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र पूर्व वडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । रोशनलाई भने उच्च अदालतले १ करोड रूपैयाँ धरौटी माग गरेको छ  भने अध्यक्ष रौनियारको हकमा जिल्लाको आदेशलाई सदर गरेको छ। 
न्यायाधीश बास्तोलाले अञ्जलासहित चार जनासँग १-१ करोड धरौटी माग्नुपर्ने राय दिएका थिए भने न्यायाधीश पुडासैनी भने जिल्लाकै आदेश सदर गर्ने पक्षमा थिइन् । यही मतभेदका कारण मुद्दा तेस्रो न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा पुगेको थियो ।  अर्यालको इजलासले  न्यायाधीश बास्तोलाको रायलाई सदर गर्ने आदेश दिएको हो ।

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी सहकारी संस्थाका ८,८४२ शेयर सदस्यको करोडौं रूपैयाँ हिनामिना भएको थियो। छानबिनका क्रममा सहकारीको कूल २२ करोड ४८ लाख २७ हजार रूपैयाँ अपचलन गरिएको पुष्टि भएपछि गत मंसिरमा अञ्जलासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७