जसपाले प्रधानमन्त्रीलाई दियो दुई नयाँ मन्त्रीको नाम, को–को परे ?


२०८२ भदौ ८ आइतबार १४:१८ बजे

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संघ सरकारमा नयाँ मन्त्री पठाउने भएको छ । हाल कायम जसपातर्फका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिएका छन् । ‘सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो’, उनले सुनाए भने, ‘नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीलाई पहिल्यै पठाइसकिएको छ ।’ 

हाल जसपाका तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडी छन् । यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानीमन्त्री बनाउने तयारी छ । रञ्जुकुमारी झालाई महिलामन्त्री बनाउने गरी पहिल्यै नाम पठाइएको उपाध्यक्ष बस्नेतले बताए । ‘प्रधानमन्त्रीले कहिले मन्त्रिपरिषद पुनर्गठन गर्नु हुन्छ चाहिँ यकिन छैन,’ उनले भने । 

जसपाका ती पदाधिकारीका अनुसार अध्यक्ष राईले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता आउन पनि निर्देशन दिइसकेका छन् । शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा पनि पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७