राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन तालिका सार्वजनिक


२०८२ भदौ ९ सोमबार १६:५० बजे

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले भदौ ११ गते निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार मंगलबार दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुनेछ । १ बजेखेखि ४ बजेसम्म समितिको सभापतिका लागि प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । प्रस्तावको दर्ता क्रमअनुसार ४ः१५ बजे सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भदौ ११ गते बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७