ओलीले बोकेको विचारको झण्डा मदन भण्डारी फाउण्डेसनसँग जोडिएको छ : पोखरेल

‘जबज चटकी र मौसमी विचारका लागि होइन’


२०८२ भदौ ५ बिहीबार १५:४६ बजे

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल नबगी चुनौतीसँग लड्दै अघि बढेको विचार भएको बताएका छन् । 

आज (बिहीबार) मदन भण्डारीको ७५ औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको बताएका छन् ।

पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको स्मरण गराए । पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेको पूर्व उपाध्यक्ष सम्बोधन गरेका पोखरेलले ओलीमाथि पार्टीभित्रैबाट अनेक आरोप लाग्दा यहि फाउण्डेशनबाट वैचारिक लडाई लडिएको बताए ।

जबजको विचार शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल अघि बढेको होइन । यो विचार प्रतिकूलताहरूसँग जुधेर अप्ठेरा र चुनौतीहरुसँग जुधेर अघि बढेको हो’, उनले भने, ‘कतिपयलाई लाग्न सक्छ– जबज शान्त तलाउमा बग्दै आएको हो कि भन्नेजस्तो । तर भन्न चाहन्छु यो आँधी तुफानसँग जुध्दै, प्रतिकूलतालाई पराजित गर्दै स्थापित भएको विचार हो । जसमा मदनले अगुवाइ गर्नु भयो ।’

उनले जबजको प्रारम्भमा अनेक ढङ्गले प्रश्न उठाइएको भन्दै दक्षिणपन्थी अवसरवादी विचार भनेर आरोप लगाउँदा जुध्नुपरेको बताएका छन् । ‘जबज मदनले अघि सार्दा उहाँमाथि चौतर्फी प्रहार भएका थिए । पछिल्लो समय पनि यो विचारमाथि अनेक ढङ्गले हमला भए, पार्टीभित्रबाटै हमला र कटाक्ष गर्ने काम भए’, उनले भने, ‘आफूलाई जानकार भन्नेहरूबाट पनि कटाक्ष भए ।’

उनले जबज पार्टीहरूको जीवनमा लोकतान्त्रिकरण गर्ने विचारका रूपमा रहेको भन्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा मदनले जबजको विचार अघि सारेको बताउँदै जबज चटके र मौसमी विचारका लागि नल्याएको दाबी गरे । 

‘नेपालको कम्युनिस्ट आन्दोलनको सकारात्मक जग तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा दर्शन र आधारमा जबज बनेको हो’, पोखरेलको भनाई छ । पोखरेलले जननेता मदन भण्डारीको ७५ औँ जन्म जयन्ती मनाउने शिलशिलामा मदन भण्डारी फाउन्डेसनले गठन गरेको आयोजक समितिको कार्यलयले द्ददेश्य अनुसार काम गर्न सफलताको शुभकामना समेत दिए । नेता पोखरेलले जवजको पक्षमा उभिरहँदा कुनै पनि वेला सामना गर्नुपर्ने चुनौतिका बारेमा हेक्का राख्नुपर्ने र यदि त्यो हेक्का नराखे दुर्घटना हुनसक्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७