रास्वपाका पूर्व केन्द्रीय सदस्य थापा अमेरिकाबाट ‘डिपोर्ट’


२०८२ श्रावण २९ बिहीबार २०:५० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन्। उनलाई केही दिन अघि अमेरिकाले डिपोर्ट गरेको अध्यागमन विभागका एक अधिकृतले जानकारी दिए। 

केन्द्रीय सदस्य थापालाई गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए। रास्वपाले उनलाई यसअघि नै पार्टी जिम्मेवारीबाट हटाइसकेको थियो। म्याग्दी घर भएका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन्।

अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो। साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो।

उनलाई फारम भर्न लगाएर रिहा गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले जानकारी दिए। उनले भने, ‘नेपालमा कुनै पनि मुद्दामा उहाँ नदेखिएपछि हामीले फारम भर्न लगाएर पठाएका छौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७