सरकारले सिन्को भाँचेन, हामीले गाली खायौं : गगन थापा


२०८२ भदौ ५ बिहीबार १६:४३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रियामा सिन्को नभाँच्दा आफूले गाली खानुपरेको बताएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले सात बुँदे सहमतिको आधारमा सरकार बने पनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

उनले माथिल्लो सदन राष्ट्रियसभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौं भन्न सरकारले नपाउने बताए । उनले संविधान संशोधनको लागि साझा मुद्दाहरूमा सहमति बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्दैं सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गरे। सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको उनको तर्क छ । 

थापाले भने, ‘सात वटा सहमति यो सरकारको मुख्य आधार हो । त्यसका पहिलो बुँदामा हामीले राजनीतिक स्थायित्वका निम्ति संविधान संशोधन गर्छौं भनेका छौं । हामीले सिन्को पनि भाँचेनौं । हामीसँग संविधान संशोधन गर्नका लागि संख्या पुग्दैन । तिमीले के गर्‍यौँ भनेर हामीले गाली खाइराख्नुपरेको छ । हामीले जिम्मा लिएको कुरा हामीले गर्नु पर्दैन ?’ दुई प्रमुख दलहरूको समीकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उनले सुधारको आवश्यकता औंल्याए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७