तारकेश्वरमा श्रीमतीको हत्या


२०८२ भदौ ५ बिहीबार १५:०४ बजे

काठमाडौं । काठमाडौंको तारकेश्वरमा बुधबार राति एक महिलाको हत्या भएको छ । तारकेश्वर नगरपालिका–१ बस्ने भीमसेन मग्रातीले श्रीमती शर्मिला मग्रातीलाई फरुवा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले भीमसेनलाई पक्राउ गरिसकेको छ । घरयासी विवादमा भीमसनेले शर्मिलामाथि फरुवा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिल बोहराका अनुसार पक्राउ परेका भीमसेनमाथि प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७