भीरबाट झरेको ढुङ्गाले लागेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

सप्तकोशीमा छोरी बेपत्ता, बाबुको उद्धार 


२०८२ श्रावण ३१ शनिबार १६:४२ बजे

सुनसरी । सप्तकोशी नदी किनार हुँदै मोटरसाइकलमा यात्रा गरिहेका एक व्यक्तिको भीरबाट झरेको ढुङ्गाले लागेर ज्यान गएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–बराहक्षेत्र सडकमा स १० प ७८२१ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका सप्तरीका ३० वर्षीय जीवन साहलाई भीरबाट झरेको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । मोटरसाइकलको पछाडि सवार रहेका सप्तरीकै धर्मेन्द्रकुमार साह सामान्य घाइते भएको उनले बताए । 

त्यस्तै सप्तकोशी नदीमा डुबेर धरान उपमहानगरपालिका–१६ कि १९ वर्षीय अनिता राई बेपत्ता भएकी छिन् । बाबु जीवन राईसँगै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्कने क्रममा चतराघाटस्थित दुधपानी खोलामा मोटरसहित बाबुछोरीलाई खोलाले बगाएको थियो । खोलाको बाढीले बगाएर दुबैलाई ५० मिटरको दूरीमा रहेको सप्तकोशी नदीमा पुर्‍याएको थियो । 

बाबु जीवनलाई भने स्थानीयले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरेका छन् । छोरी अनिता सप्तकोशीमा डुबेर बेपत्ता भएकी छिन् । उनको अवस्था अझै पत्ता लगाउन नसकिएको प्रहरी निरीक्षक कुँवरले बताएका छन् । अनिताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागि परेका छन् । 

त्यस्तै चतरादेखि बराहक्षेत्र मन्दिर जाने सडक पहिरो खसेर अवरुद्ध भएको छ । पहिरोले सडक पुरेपछि बराह क्षेत्र मन्दिर दर्शन गर्न गएका तीर्थयात्रीहरू घर फर्कन पाएका छैनन् ।  पहिरोले पुरेको सडक पन्साएर सडक सुचारु गर्ने पहल भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७