एमाले नेता बस्नेतको रविलाई चेतावनी : जनता झुक्याउने नाटक बन्द गर


२०८२ भदौ १ आइतबार ०८:०८ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै–नाटक भन्दै व्यङ्ग गरेका छन् ।

कृष्ण जन्माष्टमीको दिन शनिबार रुपन्देहीको कारागारबाट नख्खु जेलमा सरुवा भएका लामिछानेप्रति व्यङ्ग गर्दे उनले जनता झुक्काउने नाटक बन्द गर्न चेतावनी दिएका छन् । 

रवि लामिछानेले विगतमा गरेका कार्यहरूको विवरण दिँदै बस्नेतले अरूलाई पर्दा ठिक आफूलाई पर्दा बेठिक भन्ने मान्यता लामिछानेले बसाएको आरोप लगाए । ‘कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै नाटक’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब जनतालाई झुक्काउने र स्टनबाजी गर्ने नाटक बन्द गर कलियुगका जेलका भित्ते कृष्णजी !।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७